गजल – ५०५

विश्वास लामा
क्यानाडा

फाटेको मनलाई जसोतसो सिएर आएको छु
आएको छु तिमीलाई आफ्नो सम्झिएर आएको छु

माया तिमीले पनि मैले जस्तै गर्छौ होला
त्यहि आश मनमा मैले लिएर आएको छु

मेरो विश्वास गरी देउ बस यति भन्छु
तिमीलाई चोखो माया मैले दिएर आएको छु

तिम्रो सामु बोल्नलाई हिम्मत आँट होस् भनेर
आज हल्का रक्सी मैले पिएर आएको छु !

Don't have a Facebook account? Please, use the form below with other options!