गजल-६३
रुपनारायण पोखरेल
क्यालिफोर्निया, अमेरिका
कति जल्दो रहेछ यो आत्मा म बाल्न चहान्छु
बैरी हुँदा रा’न ममा कति म पाल्न चहान्छु
टुटे कतै मेरा तिमी प्राप्तिका सपना भने
मातृस्तोत्र जपेरै पनि म संगाल्न चहान्छु
निर्दयी, पर्वतै बोकी मलाई पिस्न आए पनि
राष्ट्र प्रेमको मलमले नै म गाल्न चहान्छु
रोदन सज्जित खुसियालीको फोहोरी कर्तुत
देशकै खाँतिर विश्वभरि म फाल्न चहान्छु