गजल-६४
संग-संगै बस्दा हामीबिच कति दुरी हुन्छ
तर लाग्छ तिम्लाई अलि वर सर्ने पारौं जस्तो
जति सुकै च्यातिए नि एकैछिनमा सद्दे पर्छ्यौ
सिउने त्यो कला देख्दा मन अझ उधारौं जस्तो
मेरो जिन्दगीमा तिमी यस्तो मोड बनी आयौ
तिम्रो छेउ उभिएर अघिपछि विचारौं जस्तो