गजल-६७

अन्धकारमा थिए ज्योति छरेर गयौ मोति
सारा नेपालीको मन हरेर गयौ मोति
खण्ड-खण्ड हुँदै बन्द हुँदैथ्यो एकता
एकताको धुन नेपालीमा भरेर गयौ मोति
टल्कने वस्तुहरु मध्ये मोति तिमी थियौ
डोबहरु पछ्याउँदै थिएँ झरेर गयौ मोति
तिम्रै ज्योतिको सहारा कति थियो यहाँ
किन क्षितिज सरी सरेर गयौ मोति