गजल-६९

कृष्ण “संघर्ष”/ अस्ट्रेलिया

दिल दुखाई तिमी रुँदा म रुने कसम
तिमी आगो हुँदा म पानी हुने कसम

ओठ टोकी शीर झुकाई तिमी लजाउँदै
थाहै नदिई यो हृदयमा थुने कसम

दिलको ढोका खुलाउ नखुलाउ तिम्रो खुसी
तिमीलाई सजाउने सपना बुनेँ कसम

जिन्दगीको ढोका खुल्दा जताततै
आँखा चिम्ली हजारौंमा चुने कसम

तिम्रो कसम दिल कतै साट्या छैन मैंले
विश्वास दिलाउन गीता छुने कसम

Leave a Reply

Your email address will not be published. Required fields are marked *