गजल-७१

डिल्लीराम शर्मा आचार्य
क्रागेरो, नर्वे

सिंगै संसार भिखारीको घर कहाँ छ र
जति पोल खरानीलाई डर कहाँ  छ र ?

आतंकको जमाना यो बन्दुक र गोली
नपड्केको दिनै छैन भर  कहाँ छ र ?

लुगा लाई लाज ढाकेँ बाहिरी देखाउन
देश भेष खोज्छु यहाँ तर कहाँ छ र ?

तर्साउन  खोज्नेहरू वरिपरि घुम्छन्
घरज्वाईं बस्नै पर्ने कर कहाँ छ र ?

राताराता आँखा घुम्छन् मेरै वरिपरि
टंकारले तर्सिदैन शर कहाँ छ र ।

श्रद्धाञ्जली मर्नेलाई बाँच्नेलाई माया
सञ्जालले जोडिएको पर कहाँ छ र

Leave a Reply

Your email address will not be published. Required fields are marked *