गजल -७३

डमर घिमिरे / अस्ट्रेलिया

आँसु बगाई रुन्छु भनी सोचिन मैंले
पागल सरि म हुन्छु भनी सोचिन मैंले

पल्टाउँदै , चलाउँदै बिस्कुनसरि सुकायौ
सहेर आज कु’न्छु भनी सोचिन मैंले

फिरेर जानलाई पुगेर बीचसम्म
बाटो दोबाटो थुन्छु भनी सोचिन मैले

थाहा थियो मलाई कोही आउँदै छ भन्ने
खबर नमीठो सुन्छु भनी सोचिन मैंले

वियोगले लाएको चोट मन भरि
आँसुले नै धुन्छु भनी सोचिन मैंले

Leave a Reply

Your email address will not be published. Required fields are marked *