गजल-७४

हरि धिमाल / पेन्सिलभेनिया, अमेरिका

पीडा लुकाई हाँस्न खोज्दा पिरोलिएर रुन्छ मन
गरिवीमा बाँच्नु पर्दा आँसु बनी चु’न्छ मन

दु:ख-जिलो गर्दागर्दै जिउने कोसिस गरे पनि
पीर र व्यथा गाँठो परी निसासिएर थुन्छ मन

निष्ठुरी यो समयले कति कष्ट दिन्छ होला
अभागीको कर्मै खोटो आँसुले नै धुन्छ मन

घर छैन गाउँ छैन बस्ने एउटा ठाउँ छैन
दु:ख झेल्दै सुख पाउने आशाहरु बुन्छ मन

One Reply to “गजल-७४”

Leave a Reply

Your email address will not be published. Required fields are marked *