गजल-७६

बिरे भाइ

अधिकारको बाटो उसले छले जस्तै लाग्यो
उज्यालोको खोजमा उनी गले जस्तै लाग्यो

‘खुसियाली’ सिद्धान्तको हावादारी दिई
संघर्षको मैदानमा ढले जस्तै लाग्यो

जीवन र मरणको दोसाँधमा पनि
स्वाधीनताको फलचाहीँ फले जस्तै लाग्यो

ढिला पक्कै हुन सक्छ ‘दिन’ हेर्नलाई
संधर्षको हावा भने चले जस्तै लाग्यो

One Reply to “गजल-७६”

  1. Naresh

    बिरे भाई तपाई जो भा पनि मलाई तपाई को गज़ल औदी मन परो |
    कामना गरु तपाईले प्रकेशमा लय्को उध्गार सम्बन्धित नीकायाले

    पढा॓स | The mind blowing lines….

    ढिला पक्कै हुन सक्छ ‘दिन’ हेर्नलाई
    संधर्षको हावा भने चले जस्तै लाग्यो
    Bhai Keep it up.

Leave a Reply

Your email address will not be published. Required fields are marked *