गजल-१२५

राजेश खतिवडा / बेल्टार, उदयपुर

वर सर्‍यो जंगे पिलर, थियो पर पहिले
नेपाली हुँ भारतमा पर्छ घर अहिले ।

लुट्नु लुट्यो हाम्रो माटो लुट्ने कति बाठो
अल्मल्याउन दुईचार पैसा दिन्छ तर जहिले ।

लेन्डुप दोर्जी यत्रतत्र कठै मेरो नेपाल
सिक्किम पो बन्ने हो कि लाग्छ डर जहिले ।

स्वाधिनताको लागि लडाईँ लड्नु परे यदि
अमर सिँह त बन्नैपर्छ धुरन्धर मैँले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *