गजल-१३१

दुर्गा निरौला / न्यूयोर्क, अमेरिका

सर्जकलाई जहिले पनि सृजना फुर्छ अरे
घर पालुवा परेवा हरेक बिहान घुर्छ अरे

हिँजो-आज माइला किन जुर्मुराको देख्छु
सृजनाको माध्यमबाट सर्जक बन्ने सुर्छ अरे

सृजनशीलता हुनेलाई सर्जक भनिन्छ हो,
नपत्याए के हुन्छ र गरी छाड़्ने लुर्छ अरे

तातै खाउँ जली मरौं गर्नचाहिं हुन्न भन्छन्
बृक्षले शिशिरपछि वसन्तलाई कुर्छ अरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *