गजल: २०८

गजलकार

थुत्तेनदोर्जी ड्रुक्पा,
डेनमार्क

हाई डार्लिङ के भनेथेँ कर्किएर हेरी
आई लभ यु भन्न थालेँ फर्किएर हेरी

म त परें ठिटो केटो हाँसिदिएँ झनै
लजाएझैँ गरी अनि मर्किएर हेरी

लर्के योवन कर्के नजर परी हौ कि भने
अलिक पर पुगी अनि तर्किएर हेरी

बाईबाई मैँले गरी दिएँ भोलि भेटौँ भन्दै
डिमान्ड बडे जस्तो गरी सर्किएर हेरी

एक चोटी फेरि  अन्तिम पटक हेरिदेउन भनेँ
कस्तो वाइयत केटो भन्दै झर्किएर हेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *