गजल-१३

जितेन सुब्बा 'मुस्कान'/ बेलडाँगी

सारङ्गीको सुरमा पनि विद्रोह सल्किँदैछ
माछा बस्ने कुरमा पनि विद्रोह सल्किँदैछ

पशुलाई जस्तो जनतालाई नहेप तिमी
क्रान्ति गर्न खुरमा पनि विद्रोह सल्किँदैछ

एउटा आवाज दबाउँदैमा किन मक्ख पर्नु
तराई पहाड दुरमा पनि विद्रोह सल्किँदैछ

बेलडाँगीलाई पूर्नवासले छोएर के भयो र?
थिम्पु बुम्थाङ भुरमा पनि विद्रोह सल्किँदैछ

पातहरु सधैं भरि विद्रोहको चाह गर्छन
तिम्ले बाल्ने चुरमा पनि विद्रोह सल्किँदैछ

Don't have a Facebook account? Please, use the form below with other options!