गजल-३२१

Sushil
गजलकार

सुशिल रेग्मी

मलाई लाग्छ बालापन फर्की आए त
एकबार फेरि त्यै जीवन फर्की आए त

कसै सँग रीसराग अनि  द्वेष नभ’को
उस्तै कोमल मन त्यो फर्की आए त

दिनै भरि धुलो खेली साँझ घर आउँदा
बाउ-आमाले गर्ने गन्गन् फर्की आए त

बालापनमा धड्किने त्यो एकैनासको
आहा फेरि त्यही धड्कन फर्की आए त…

Leave a Reply

Your email address will not be published. Required fields are marked *