गजल- ३२९

तुलाराम ढकाल “सहयात्री” Tularam Dhakal

अाउँछ त्यहाँ एक दिन सुनौलो बिहानी हेर
ए शासक लाग्दैछ गोली छातीमा निशानी हेर,

कति मुल्यवान छन् ती धेरै निर्दोष अाँसुहरु
फर्किएर एक चोटि भिजेको सिरानी हेर,

फरक छैनौ मान्छे हौ या त पशु तिमी
घरबार उडाई दियौ कसैको जिन्दगानी हेर,

चिनले लग्यो मेरो कुलागांग्री भारतले डुवर्स
जिग्मे अब असुरक्षित छ तिम्रो राजधानी हेर,

तिम्रो यहीं पारा हो भने ‘इतिहास’ बन्दै छौ
अब अस्तित्व बचाउन ठाउँ छानी छानी हेर…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *