गजल-३३०

Albury, Australia

गजलकार
गजलकार

दुर्गा रिमाल
अस्ट्रेलिया

एउटा मान्छेको बथान आएर सहरदेखि
किन भड्काइदैछ गाउँले, गाउँ-घरदेखि

काॅडा पालेर मनमा अर्ति काँहा छरिन्छ ?
उम्रदैन सुन्दर बृक्ष यो सुख्खा बगरदेखि

याँहा सबैले बुझ्नेछन् समय आएपछि
कसले फैलाउँदैछ भ्रम यसरी डरदेखि ?

कर्तृत लुकाउँन नाम परिवर्तन गरे पनि
म चिन्ने गर्छु हजुरलाई, हजुरकै थरदेखि

साहुको धम्की सुनेर गरिब कविले भन्यो
म काॅहा झुक्न सक्छु र याँहाको नजरदेखि

Leave a Reply

Your email address will not be published. Required fields are marked *