गजल:३४७

दीपक शर्मा धिमाल

गजलकार
गजलकार

सिड्नी,अस्ट्लीया

दुनियामा एउटा यस्तो ठहर बनोस जिन्दगी
बिना चोटले बिहानीको प्रहर बनोस जिन्दगी

बगैचाको शोभा बढाइ बास्ना छर्दै फुलिरहने
फुलै फुलले सजिएको सहर बनोस जिन्दगी

साँझ ढल्दा पनि दिनको प्रकाश नहट्ने
सपनाले सजिएको रहर बनोस जिन्दगी

वसन्त ऋतुमा पाउलिने कोपिलाको जीवनसगैँ
मखमली र सयपत्रीको लहर बनोस जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *