गजल-३५९
भावना गिरी
गुएल्फ, क्यानाडा
घडीको सुइको भरमा जीवन फेरिन्छ यहाँ
गुलाबको आश देखाइ कांडा बेरिन्छ यहाँ ।
चारैतिर लोभ, मोह, अनि डाहा भएर होला
मणिको लोभमा सर्पको माला भिरिन्छ यहाँ ।
“अनिकालमा बिऊ जोगाउनु” भन्थे बुढापाका
सरकार, नचलाको साउँको ब्याज तिरिन्छ यहाँ ।
ठुला भनाउँदाको ठुलै छ चाल अनि जाल
सोझो ज्यानलाई कालो काेठीले घेरिन्छ यहाँ ।|