गजल – ३७०

गजलकार
गजलकार

माया भट्टराई
केन्टकी, अमेरिका

 

कुलागांग्री,जोमोल्हरी त्यही हो मेरो देश
फरफराउँने रेभन चरी त्यही हो मेरो देश ।

मगमगाउँछन् सुनाखरी,  निलकमल यहाँ
लाग्छ मलाई स्वर्गैसरि त्यही हो मेरो देश ।

सपनामा  देख्दा  आफ्नै गाउँघर झल्झली
हुँदा साथीसंगी  वरिपरि त्यही हो मेरो देश ।

हिमाली भेग,तराई अनि गाउँबेसीको छटा
उतारौँ कि म  चित्रभरि  त्यही हो मेरो देश ।

भन्नेहरू सानो भन्छन् स्वर्ग भन्दा कम छैन
‘माया’ साट्ने अजम्बरी त्यही हो मेरो देश।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *