गजल – ३७५

गजलकार
गजलकार

टेक भण्डारी
एडिलेड, अस्ट्रलिया  

 

देश खोज्दा भेष गुम्यो, गुम्यो आफ्नै जन्मभूमि
के नै रयो आफ्नो भन्नु, छुट्यो आफ्नै जन्मभूमि।

जले पुस्तक कलमहरु, आवाज उठ्दा सडकमा
बैरी सामु घुँडा टेक्दा, चुक्यो  आफ्नै जन्मभूमि।

तप्प-तप्प  आँशु झारी आकाशलाई हेर्दै सुत्दा
सम्झनाले छाती माँझ,  दुख्यो आफ्नै जन्मभूमि।

बाध्य बनि  पुनर्वासलाई  रोजे  पछि  यो मनले
साँच्चै अब छातीबाट,  पुछ्यो आफ्नै जन्मभूमि।

 

Don't have a Facebook account? Please, use the form below with other options!