गजल-३७६
प्रदीप गुरुङ्ग्
नर्थ क्यारोलाईना, अमेरिका
मान्छे तिमी सुनौलो इतिहास छर्दै जाउ
चम्प चमेलीको जस्तो सुवास छर्दै जाउ।
चम्प चमेलीको जस्तो सुवास छर्दै जाउ।
तिम्रो सृजनाले अँध्यारो उज्यालो बन्दै छ
ज्ञानको सूर्य झैँ प्रकाश छर्दै जाउ।
फुल सबैले मन पराउँछन् काँडालाई नाइँ
प्रफुल्ल भई वसन्त झैँ मधुमास छर्दै जाउ।
बोली अमृत झैँ हुन्छ विष झैँ बिषालु पनि
सानो-मसिनो बचनमा मिठास छर्दै जाउ।
भेद-भावले सम्बन्ध बिगार्छ प्रेमले सपार्छ
आज बाटै मानवताको आभास छर्दै जाउ।