गजल – ३८७

पुजन राई
ओहायो, अमेरिका

नहुनेले खै के ले टार्छ ?
पिर भित्र कहाँ बहार छ?

सपना उडेर गयो टाढा
त्यसैले त ऊ लाचार छ ।

न देश छ, न छ देवता
छ त मनमा आकार छ ।

घाम,जून त्यै हो भन्दिनु
बरु थोरै अन्धकार छ ।

आँसु रुनदेउ,झर्न देऊ
जो छ र पनि बेकार छ ।

Don't have a Facebook account? Please, use the form below with other options!