गजल-३९८

गजलकार

विशु निछा
मेलबर्न, अस्ट्रलिया

पीड़ामा  पनि  हाँसेर  बोल्ने  त्यो  मान्छे  कहाँ गयो होला
आँशुलाई पनि हाँसोमा घोल्ने त्यो मान्छे कहाँ गयो होला।

फूलहरुलाई   घात   गर्ने  संकीर्ण   ती   सोचहरुहरुलाई
संचेतनाको  आगोमा  पोल्ने  त्यो मान्छे  कहाँ गयो होला।

आकासहरुको   चराहरुको   गीत   गजल  गुन्गुनाउँथ्यो
युगीन पीड़ाको जंजीर तोड्ने त्यो मान्छे कहाँ गयो होला।

समाउनु पर्ने टेक्नु पर्ने ठाउँमा नै  काँड़ा  उम्रेर  आउँछ
खोजी खोजी काँड़ा छिमोल्ने त्यो मान्छे कहाँ गयो होला।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *