गणेश भित्रको  विज्ञान 

सुदर्शन पोखरेल 
आल्बोर्ग, डेनमार्क

रहेछ ठूलो ज्ञानको मूल मुहान सागर
हेरेनौ कैले हामीले किन लगाई जाँगर
विज्ञान भित्र घुसेर हामी अज्ञानी भयौ कि?
आस्थामा मात्र लगाई दृष्टि  अधुरो भयौ कि ?

अजंग आङ  कसरि यहाँ थाम्दछ मुसाले ?
मनमा उठ्यो प्रश्नै  प्रश्न त्यै यौटा  कुराले
सोधेर मैले आफैलाई यहाँ जे भन्यो लेख्दै छु
लेख्दछु अब उठेर आज जे-जे म देख्दछु ।

गणेश  किन पुजिञ्छन यहाँ भनेर घोत्लिए
प्रथम पूज्य कसरि गम्दै मन्मनै सोच्लिएँ
मुसो छ वाहन ठूलो छ तन कसरि थामिन्छ ?
करोडौँ आस्था अडेको जसमा स्वरूप मानिन्छ ।

को होला यस्तो अद्भुत कला बनाउने चित्रकार ?
झुक्दछ शिर उनका अघि गर्दछु नमस्कार
अद्भुत ज्ञान लुकाई जहाँ चुपचाप बस्दछ
भेट्दछ हेर अमूल्य रत्न  जो खोज्न सक्दछ ।

मनचै हाम्रो  चञ्चल हुन्छ संसार घुम्दछ
चञ्चल हुँदा मनमा तिम्रो अतीत डुल्दछ
चियो र चासो अरूको मात्र गरेर हिँड्दछ
फलानो ढिस्को कुरामा हाम्रो  जीवन मर्दछ ।

सन्देश अब हेर्नु छ जहाँ  मुसाको सवार
सुख र  शान्ति हेर्दामा पनि मनोरम अपार
मुसा हो हेर प्रतीक मात्र मनझैँ चन्चले
वशमा राखौँ यसलाई अब चल्नु छ ढङ्गले ।

राखेमा आजै यसलाई वशमा जीवन मूल्य छ
बुझ्नमा अब प्रयास रहोस् अमृत तुल्य छ
इन्द्रिय, मन नियन्त्रण गरे जीवन धन्य छ
यदि यो आज बुझ्न सके जीवन बन्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *