गरिमा ०१

कवि

लक्ष्मण रसाइली
बेलडाँगी, झापा

बिहानी लाली,हिमाल हाली,झलल देखिए
सुनौला किरण, ज्योति यी हिरण, धर्तीमा पोखिए| १
खोला र नाला, एकता मल, गाँसेर हाँस्दैछ
बसन्ती टुना,कलिला मुना, छोएर नाच्दैछ| २
यो नीलो आकाश, चञ्चल बतास, बदलु शहर
प्रतिक्षित पल, वार्षिक फल, बालक रहर| ३
उत्साह बोकी, बिहानी हावा, बग्दछ सरर…..
गौरव हाम्रो, झण्डा यो राम्रो, फर्दछ फरर….| ४
कुसुमी मैदान, कमली मन्च, सौन्दर्य झुलेको
हरियो पात, त्यो जलमाथ, कमल फुलेको| ५
पुतली मौरी, बासना चोरी, जसरी घुम्दछन्
विद्यार्थी नानी, सँगिनी छानी, मन्चमा झुम्दछन्| ६
मन्चको, अघि रङ्गी विरंगी, लहरै यी झन्डी
हेर रमाई, उमङ्ग समाई, नाच्दैछन् फर्काडी | ७
हरियो चौर, चरर पारी, हानेको त्यो रेखी
झलल पत्ती, हेर न माथि, नाच्दाछन् यो देखी| ८
टि रेखामाथि, विद्यार्थी ताँती, चटक्कै मिलेर
यी हारी हारी, यो लाम पारी, मायाले खिलेर| ९
ड़्याङ र डुंग, त्यो मीठो धुन, त्यो बाजा बजेको
त्यै ताल टिपी, सिपाही सरि, परेड खेलेको| १०

श्री रसाइलीको ”गरिमा “खण्डकाव्यबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *