गरिमा: ०२

कवि

लक्ष्मण रसाइली
बेलडाँगी, झापा

यी बाबु आमा, बसी छेउमा, रमाई रमिता
गाउँका सारा, युवा र नानी, हेर्दैछिन बनिता|११
एक एक टिपी, झण्डाका ताँती, परेड खेल्दैछन्
त्यो लामो हार, हरियो चौर, यो माला जेल्दैछन् | १२
उमंग उनी, उत्साह बुनी, मुहार बलेको
वार्षिक फल, यही नै पल, लतकै गलेको| १३
तरेली पारी, मन्चको माझ, गुरुमा गुरुवा
गुन्गुन बात, चिल्लो छ पात, त्यो हुने बिरुवा| १४
त्यो लामो लाम, आ-आफ्नो ठाम, परेड सकेर
लौ हाँसी हाँसी, उत्साह साँची, पलेटी कसेर|१५
केहीलाई बेर, स्कूलको फेर, आनन्द छायो
हाँसेको चौर,नाँचेको मंच, मोहनी त्यो लायो| १६
वाँसुरी मीठो, बुन्दछ धुन, इस्कूलै उचाली
मादल सानै, बज्दछ झनै, हरमानी झियाली| १७
रौनक छायो, खुशीयाली यो,  गाउँ नै छिचली
हेर ना साथी, त्यो मंच माथि, फुर्तिली जुनेली| १८
त्यो नीलो सारी, वादल पारी, नौगेडी हारिमा
चौबन्दी चोली, कोइली बोली, गाउँछिन् गरिमा| १९
छमछम ताल, टपक्कै टिपी, नाच्दछन् पाउती
अप्सरा माथि, इर्ष्याले हो कि, मार्दछन् साउती| २०

Leave a Reply

Your email address will not be published. Required fields are marked *