गर्छु प्रणाम, हजुर

देव गौतम
क्वीन्सल्याण्ड, अष्ट्रलिया

गर्छु प्रणाम, हजुर
तपाईलाई, माया छ अगाध मेरो
लाग्दछ नियास्रो, छिन
छिनमा मलाई ,बादल लागे झैँ घेरो
बालबच्चा खोज्दछन् , हजुर
तपाईंलाई , बाबा छन् कहाँ भनी

सम्झन्छन् दिनरात, नाना र
मिठाई, लिई आउने दिन गनी |

हजुर बिनाको, संसारै
अँध्यारो , खेलाउँछु मनमा कुरा
पूजा र प्रार्थना , बिहान
बेलुका , सुन्न पाउँ सुखी पुरा
चाड पर्व आउँदा, बजार धाउँदा,
देखिन्छन् संगी जोडी
आफ्नो चैँ हजुर , मुग्लानमा
कहाँ हो, जानु भो एक्लै छोडी |

Leave a Reply

Your email address will not be published. Required fields are marked *