गीत: ४४
विकाश धमला प्रान्जल,
एड्लेड, अस्ट्रेलिया
छातीभित्र गहिरो यो चोट लागेपछि
सपनाका सुन्दर फूल ओइलिएर झरिरहे
शितल थियो जूनजस्तै अन्धकारले ढाकेपछि
जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ
सपनाका सुन्दर फूल ओइलिएर झरिरहे
शितल थियो जूनजस्तै अन्धकारले ढाकेपछि
जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ
सुख हो कि दु:ख हो कि कर्मको नै खेल हो कि
बाँच्नु पर्ने, हाँस्नु पर्ने रहरभित्र विष हो कि
मन रुन्छ भाग्यले नै गर्नुसम्म गरेपछि
के भन्नु र अब मैंले खुसी सबै हरेपछि
छातीभित्र आगो बल्छ पीडाको त्यो बगरमा
कठै मेरो हाँस्ने दिन आउला भन्दै हेरिरहेँ
शितल थियो जूनजस्तै अन्धकारले ढाकेपछि
जीवन छैन, ज्योति छैन एकलाशमा मरिरहेँ