गीत-५३

गीतकार

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

मुटुभित्रको माया बासुरीको धनुमा भन
एकपछि अर्को चञ्चलता जुनमा भन

लुकाएर कति राख्न सकिन्छ सत्य एक
सदभाव प्राण प्यार जनमभर खुनमा भन

सबैमा यस्तो कहाँ हुन्छ पूर्णिमामा जस्तो
खुलमखुला दिल खोलेर सब गुनमा भन

तारिफ सबले गरुन् तिम्रो चञ्चल आँखाको
झिम्काइ परेली बहाना मायाको उनमा भन

रङ्गिन दुनियाँ एक चोटी बद्लाउ अब
हिरा मोती सबमाभन्दा पनि सुनमा भन

बड्दो प्रेम तराजुको छेउ कुना नजरबन्द छ
स्वतन्त्र जीवनको आवाज कानुनमा भन

Leave a Reply

Your email address will not be published. Required fields are marked *