गीत

मधुश्री

झरी बनी बर्ष तिमी सुख्खा धर्ती रुजाउन ।
धूलो धूवाँ बगाउन मन्को खुसी सजाउन ।।

कतै फूल फक्रिनेछ कतै बाली टुसाउनेछ ।
आशा भरि प्रकृतिमा खुसीयाली सुसाउनेछ ।।
मन्द मन्द मुस्कानमा मन्को लाज लजाउन ।
झरी बनी बर्ष तिमी सुख्खा धर्ती रुजाउन ।।

सारंगीको धून जस्तै रेट्दै मन्का तारहरु ।
मिठो गीत संगीतमा झुम्दै लज्जा झारहरु ।।
कोमल त्यो स्पर्शलाई मनै भरि फुलाउन ।
झरी बनी बर्ष तिमी सुख्खा धर्ती रुजाउन ।।

झरी बनी बर्ष तिमी सुख्खा धर्ती रुजाउन ।
धूलो धूवाँ बगाउँन मन्को खुसी सजाउन ।।

२७ असार २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *