गीत

गोविन्द लुइँटेल
फ्लोरिडा

मेरो जीवन सम्हाली दिने
मेरो माया अङ्गाली दिने
आखिर त कोही होला
आखिर त कोही होला।

सोच्न सक्या छैन मैंले
रोज्न पाको पनि छैन
मेरो दिल्को खिर्की कुर्ने
थाहा अझ भाको छैन

मेरो सपना सजाइ दिने
मेरो बिपना रङ्ग्याइ दिने
आखिर त कोही होला
आखिर त कोही होला।

रंगीचंगी  फूलहरु देख्छु
चाह डुलाउन भ्याको छैन
सुन्सान रातका ताराहरु ती
अझै गन्न पाको छैन
मेरो चाहाना पुर्‍याइ दिने
मेरो कामना होइ दिने
आखिर  त कोही होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *