गीत
झगेन धिमाल
मेलबोर्न, अष्ट्रेलिया
तिम्रो त्यो मुहारको बयान गर्ने धेरै होलान्
तिम्रो मीठो बोलीको प्रशंसा गर्ने धेरै होलान्,
हजारौंमा तिमीलाई रोज्ने मलाई एक गन है
साँचो माया गर्छु तिम्लाई मात्र मेरो बन है ||
मेरो खुशी मेरो सुख तिमिसँगै बाँड्छु सधैं
झुपडीमा होइन तिम्लाई महलमा राख्छु सधैं,
धान रोप्न असारको झरी बनि तिमी आउनु है
तिम्रै बाटो कुरी बस्छु चरी बनी छाउनु है ||
तिमीलाई नै पाऊँ भनी पशुपति भाक्छु सधैं
तिम्रो तस्वीर मेरो चिनो सजाएर राख्छु सधैं,
बिछोड़को गीत होइन मिलनको गीत गाउनु है
तिम्रै मात्र याद आउँछ मलाई सम्झी आउनु है ||