गीत
थुत्तेनदोर्जी ड्रुक्पा,
डेनमार्क
माया आफैँ मुटुबाट पलाएको हो कि
पागल भई त्यसै आत्मा जलाउँदै पो छु कि
सपनीमा देख्छु तिमीलाई विपनीमा खोज्छु
एक्लो आफू पाएपछि छ्ट्पटिनु थाल्छु
माया कतै मुटुबाट…………………………
के भएको होला यस्तो थाहा छैन मलाई
दिनमा भोक रातमा निन्द्रा लाग्य छैन मलाई
मलाई मात्र हो कि यस्तो तिमीलाई पनि हुन्छ?
अन्जानैमा लाको माया एकोहोरो पो हुन्छ
माया कतै मुटुबाट…………………………
आशा छ है तिमी प्रति निराशा चाहिँ हैन
निदरीमा मात्र आउने पक्कै तिमी हैनौ
बाँकी कुरा तिम्रो रह्यो माया भएदेखि
पर्खिबस्छु तिम्रो बाटो सयौं चिठी लेखी
माया कतै मुटुबाट…………………………