गीत

गीतकार

गोपी पोखरेल
केन्टुकी, अमेरिका

अगाड़ि बढ्यो आइओएम बस
हात हल्लाई विदा देऊ
म जाने दिन हे मेरा माइती
हाँसेर विदा देऊ
समुद्रपारि बिरानो देशमा
आफन्त पुर्यायो
वर्षमा एकदिन टीकाको त्यो क्षण
दिनभरि रुवायो
जाँदैछु हजूर पराइको देश
अमेरिका शहर
जान त मन थिएन हजूर
बाध्यता भएर…
आफन्त कोही भूटानमै बस्छन्
कोही छन् नेपाल
कति चैं हजूर भविष्य खोज्दै
जाँदैछौं विदेश
दशैं आउँछ तिहार आउँछ
आउँछ तीज पनि
दाजु र भाइलाई सम्झेर चेली
रुन्छिन नि धरधरी
आफ्न्त सबै भेट्टाउने आशा
आशा नै रहिगयो
मनको वह भनौंला भन्थें
अधुरो रहिरह्यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *