गीत
ओम ‘खोरिया’ खनाल
न्यूयोर्क, अमेरिका
जिन्दगी नै मरिसक्यो अब त्यसको के अर्थ छ
फूलको थुँगा कोपिलामा झरेपछि के अर्थ छ
जिउँदो लाश भई किनारमा छछल्कँदा
खोलापारि तरी उता जाँदा के अर्थ छ
मशान घाटमा बेवारिसे लाश भेट्दा
शंख फुक्ने मलामीको के अर्थ छ
सड़ेको यो जिउँदो लाश जमिनमा लड़ेफछि
चिता चढ़ाई जलाउनुमा के अर्थ छ
जिउँदो छँदा दुःख पाउँदा नरुनेले
मरेपछि ‘लौ न’ भन्दै आँसु झार्नु के अर्थ छ
आधा बाटो हिँड़ेपछि यात्रा टुंग्यो जिन्दगीको
गन्तव्यमा पुग्नुपर्ने अब त्यसको के अर्थ छ
जिन्दगी नै मरिसक्यो अब त्यसको के अर्थ छ
मरेपछि लौन भन्दै बहकिनु के अर्थ छ