गीत

सविन शर्मा / अमेरिका  

पूजा पनि गर्‍यौँ तिम्रो नवदूर्गा ,काली
दशैं किन दशैं जस्तो भएन यसपाली ।

सानीलाई आँगनीमा नाच्नलई पठायौं
काले-भुन्टे खुसी पार्न बेलन पनि ल्यायौं
रिसाइ मात्र रहे घरमा छोरा – छोरी खालि
दशैं किन दशैं जस्तो भएन यसपाली ।

ठूला चैं॑ले साथी-घरमा के देखेर आयो
क्यै भनेन रोयो अनि तेत्तिकै रिसायो
खर्च छैन पठाउँ भने उसलाई मावली
दशैं किन दशैं जस्तो भएन यसपाली ।

सधैं जस्तो खेती गर्यौं जमरा फलायौं
राम्रो लाउन मीठो खान ऋण काडी ल्यायौं
यति गर्दा चित्त बुझ्थ्यो बुझेन यसपालि
दशैं किन दशैं जस्तो भएन यसपाली ।

One Reply to “गीत”

  1. Rup N Pokharel

    Sabin,
    Your marvelous piece of art touched me. The aptly woven words and so subtly embedded truth- mustered with the tune of sentimental breeze shall last forever within me and hope for the like too.
    Keep up.

Leave a Reply

Your email address will not be published. Required fields are marked *