गीत

गीतकार
गीतकार

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

भित्र भित्रै कति बोलौ चाहना मरिसक्यो
मनले खेल्यो,आखाँको बहाना मरिसक्यो

तिम्रै लागि प्रर्थनामा, बिते मेरा रातहरु
मेरै बाटो हिँड,दिन्छु अजम्बरी साथहरु
कस्लाई भनौँ—सुनाउँ चाहना मरिसक्यो
मनले खेल्यो, आँखाको बहाना मरिसक्यो

मेरै अघिपछि देख्छु तिम्रै छाया
लुकीछिपी गरेको धेरै भयो माया
एक्लाएक्लै एकान्तमा चाहना मरिसक्यो
मनले खेल्यो, आँखाको बहाना मरिसक्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *