गीत
अर्जुन प्रधान
मिनिसोटा, अमेरिका
रूप, रंग, वैँस देखेर, म आत्तिएँ
नाशामा हल्कत जवानी देखेर, म मातेँ
फूल जस्तै फक्रिन्छौ कोमल निश्चल भएर
हाम्रो मन उडाइलान्छौ रेशमी बादल भएर
रूप, रंग, वैँस देखेर, म आत्तिएँ
नाशामा हल्कत जवानी देखेर, म मातेँ
कसरी भनौं यो मन रोइरहेछ भित्रभित्र
दिन होस् या रात तिम्रै मात्र कोरिन्छ चित्र
भन्न पनि नसक्ने, खोल्न पनि नसकिने कस्तो मन
आफ्नोभन्दा धेरै याद उनको आउने कस्तो पन
रूप, रंग, वैँस देखेर, म आत्तिएँ
नाशामा हल्कत जवानी देखेर, म मातेँ
सधैँ-सधैँ तड्पिएर बाँचै भन म कति
छैन अरू कोही माया दिने, संसारमा म जति
रूप, रंग, वैँस देखेर, म आत्तिएँ
नाशामा हल्कत जवानी देखेर, म मातेँ