गीत
खेम रिजाल
अमेरिका
अञ्जुलिले उघाएर पिउला पानी मुलको
के भरोसा हुन्छ र ओइली झर्ने फूलको
बिहानीको घाम पनि साझ पख अस्ताउछ
उमेर त्यो ढल्के पछि मान्छे पनि पछुताउछ
आउने जाने गर्छ सधै सम्झानाको भूलको
के भरोसा हुन्छ र ओइली झर्ने फूलको
समयको गति कस्तो हासखेल गर्दागर्दै
एउटालाई छुटाई लान्छ सागर तर्दातर्दै
विश्वास हुन्न कहिले भत्की जाने पुलको
के भरोसा हुन्छ र ओइली झर्ने फूलको