गीत
जे एन दाहाल
मासाचुसेट्स अमेरिका
मेरो सामु छाया बानी तिमी घुम्छौ घरी घरी
अनि याद बनी छाउछौ तिमी मेरो वरी परी
उजेलीमा बिहान देखी तिमी हुन्छौ मेरो साथमा
बिदा दिई एकान्तमा लुक्छौ तिमी रातमा
यस्तै लाग्छ पछ्याउदै तिमी आउछौ सरी सरी
अनि याद बनी छाउछौ तिमी मेरो वरी परी
दिनभरि नछुटिने साथ दिदै छाउने
मलाई नै सम्झिएर सामिप्यमा आउने
यस्तै भाव हुन्छ दिलमा यो धर्तीकी परी
अनि याद बनी छाउछौ तिमी मेरो वरी परी