गीत

सुशिल रेग्मी- Sushil

चाड र बाड आउँदामा किन मन रुन्छ यसरी
आफन्त सँग भेट हुन्न कैले मन थाम्नु कसरी

दशैंको बेला सङ्गीको मेला भुल्नलाई गाह्रो भो
बसाई छ पर त्यो मेरो घर भुल्नलाई साह्रो भो
चाड र वाड………………………………….१

दशैको टिका भएको फिका भएछ धेरै साल
बाबाको आशु आमाको आशु झरेर भो बेहाल
चाड र बाड………………………………….२

तिहारमा भैलो खेलेर थैलो भरेको याद आयो
देउसुरे गाको सप्तरङी लाको सम्झेर मन खायो
चाड र वाड……………………………………..३

Leave a Reply

Your email address will not be published. Required fields are marked *