गीतकार
चरन बजगाई
भर्जिनिया, अमेरिका
मुटु दुख्नलाई रिसले हेर्नै पर्दैन
मायाँ गर्नलाई बाहुमा बेर्नै पर्दैन
जाली मनलाई छल नै रमाइलो
बुझे अब, पापी रैछौ, फेर्नै पर्दैन
नलाउ एता तिम्रा ती झूटा नजर
वुच पचाउन मेरा आधार टेर्नै पर्दैन
कप्टी कला कोही तिमी सँग सिकोस्
मुटु तोड्ने नजरमा जल भर्नै पर्दैन
You might also like