गीत

गीतकार
गीतकार

टेक भण्डारी
एडिलेड, अस्ट्रेलिया

आमाभन्दा प्यारो ठाने तर भुल गरेँछु
फूलभन्दा कोमल ठाने तर भुल गरेँछु।

थाहा भयो प्यारो के हो न्यानो के हो माया साट्दै जाँदा
सोचेभन्दा फरक भयो जीवन……..,.दूरी फाट्दै जाँदा
तिमीलाई तन मन दिएँ तर भुल गरेँछु
तिम्रैलागि पल पल खिँए तर भुल गरेँछु
आमाभन्दा प्यारो ठाने तर भुल गरेँछु
फूलभन्दा कोमल ठाँने तर भुल गरेँछु।

यस्तो लाग्थ्यो तिमी बिना यो जिन्दगी कहाँ धान्न सक्छु र म
तिमीसँगको साइनो तोडी अर्कै साइनो कहाँ छान्न सक्छु र म
अमृत लिई विष पिएँ तर भुल गरेँछु
पीडा सही खुसी दिएँ तर भुल गरेँछु।
आमा भन्दा प्यारो ठाने तर भुल गरेँछु
फूल भन्दा कोमल ठाने तर भुल गरेँछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *