गीत
मञ्जु खड्का
न्युयोर्क, अमेरिका
मेरो प्रेमको साक्षी मेरो मुटु नै हो
मेरो मायाको प्राङ्गण मेरो छाती नै हो
बुझ्दैनौ तिमी मेरो मायाको काहनी
सोध मेरो धड्कनलाई किन खोज्छौ जवानी ।
तड्पिन्छ छातीभित्र, अनि दुख्छ कहाँ
यदि छामेर भेटिने भए, आँखाले देखिने भए
तब बुझ्थ्यौ होला मेरो प्रेमको अर्थ
अनि सुन्थ्यौ होला मेरो चाहना।
जहाँ जहाँ जान्छु म, सँगै जान्छ मसँग,
चाहेर भुल्न खोजेँ, धड्किन्छ झन् तोडले
गाह्रो हुने भो अब, छातीलाई सहन पीडा
सक्दिन अब म यो दुकाइलाई उसो सहन ।