गीत
डिपि दुलाल
आइओवा, अमेरिका
मधुवनको कस्तुरी ठानेर, प्रेम गरिरहे ।
एक तारा बनेर आयौँ, सपनाहरुमा छायौँ
विश्वासको एउटा दियो मैले बालिरहे ।
आखाँहरु हारीरहे, ओठको जीत भयो जिन्दगी
सारङ्गी दाइको वेदनाको गीत भयो जिन्दगी
दिवाकरको पर्खाईमा अन्धकार कोठा भित्र
पारीजातको अधुरो प्रीत भयो जिन्दगी ।
पिरतीको क्यान्भासमा, खुसीयालीको आकृति
तिमीले मेटाई रह्यौ, मैले बनाई रहे ।
एक तारा बनेर आयौँ, सपनाहरुमा छायौँ
विश्वासको एउटा दियो मैले बालिरहे ।
मेरो धर्तीले साथ छोड्यो, आकाश भने तिम्रो भयो
रात परेको धेरै भयो, बिहानी प्रभात कता गयो
पीडाहरुको खेतबारीमा, आशाको एउटा फूल
तिमीले मारी रह्यौ, मैले रोपीरहे ।
एक तारा बनेर आयौँ, सपनाहरुमा छायौँ
विश्वासको एउटा दियो मैले बालिरहे ।
तिमी सँग यात्रा गरेर कैदी भयो जीवन
कसले लेखि देला मेरो पिरकोे मुना मदन
आज नदीको आकार फेरियो, सोचीरहेछु म
कसरी पत्थर भयो त्यो तिम्रो गुलाबको मन ।
भावनाहरुको रँगमञ्चमा, प्रमको सुन्दर अनुभूति
तिमीले दबाईरह्यौ, मैले उठाई रहे ।
एक तारा बनेर आयौँ, सपनाहरुमा छायौँ
विश्वासको एउटा दियो मैले बालिरहे ।