गीत
टङ्क आचार्य
केन्टकी, अमेरिका
टाढा हुनु रहर थिएन बाध्यताको छ कथा
कसलाई सुनाऊँ कसलाई भनौँ यो मनको व्यथा ।
टाढा……………….……………………….
गरिबीको यथार्थले रेट्नसम्म रेट्यो
त्यही व्यथाले जिन्दगीलाई घोट्नसम्म घोट्यो ।
बडाघरको वासनाले मेरो घर छायो ,
त्यही वासनाको चाहनाले परदेशमा ल्यायो ।
टाढा……………….……………………….
ऋणै ऋणको पोको बोकी सुख पाउने आस बोकी
छाडी आएँ तिमीलाई त्यहाँ सपनामा मात्र चोखो बोकी ।
मिठो खाने राम्रो लाउने सपना र धोको
जहाँ गए नि दुखैदुख जिन्दगीको पोको
टाढा……………….……………………….
(फर्की आऊ है प्रिया ! तिम्रो हाम्रो यही हो संसार ।) x 2
टाढा हुने रहर थिएन बाध्यताको कथा
कसलाई भनौँ कसलाई सुनाऊँ मनको यो व्यथा ।