गीत
यज्ञ काश्यप
नर्थ डाकोटा, अमेरिका
दुई मुटु एक हुने कहानी बेकार भो
जतन गरी राख्या जवानी यो बेकार भो।
प्यासी तनमा सितका लव तिर्खा हेर उस्तै
मायाको त्यो जाल मेरो लगानी बेकार भो।
देव देवी माथि मेरो छैन विश्वास अब
चट्टान सँग मुटु साट्नु अन्जानी बेकार भो।
न रह्यो बाँस अब न बज्ने भो बाँसुरी नै
पृथ्वी नै फाटे पछि घाम जुन बेकार भो।