गीत
नेत्र आचार्य कौडिण्य
दुई ज्यान रमाउन, झरिमा राम्रो बलेँसी
आँखा खुल्लै राखौँ झैँ, ज्यान रै’छ चुलेँसी
काफल टिपी दिउँला मैयाँ, डोको बुनी दिउँला
जवानी रस घुटुक-घुटुक, जीवन भरि पिउँला
नदिए के भो’ घरबाट, भागी बिहे चलेसी
निस्किए हुन्छ सुटुक्क, यौवन ज्वाला चढेसी
दुई ज्यान ………………..
आँखा खुल्लै ……………..
घाँस काट्ने कँचिया लौ है, खसी काट्ने कत्ति
राधा र कृष्ण लोभ्याउने, बालौँ न जीवन बत्ति
बयान गरी थाक्दिन, धड्कन मेरो बढेसी
चमकदार हिरा झैँ, रूपको फल फलेसी
दुई ज्यान ………………..
आँखा खुल्लै ……………..
रूखमा चढी काभ्राको, टिपेर अचार पिसौँला
रहरको बहर चढाई, जीउ ज्यान त्यतै बिसाउँला
सुनकेश्री केश सानी, मन्द मन्द बहेसी
रोक्न कसले सक्ला काली, नशा बन्यो बेहोसी
दुई ज्यान ………………..
आँखा खुल्लै ……………..