गीत
बहादुर वालिङ राई
अमेरिका
अक्सर याद गर्नेहरूकै मुटु सधैँ दुख्दो रहेछ
सम्झनाको पाना भित्र तस्बिर सधैँ लुक्दो रहेछ
पागल बनी सडक बिच नाच्न पनि म सक्दिन
चोटै-चोटको पहाड बोकी हाँस्न पनि म सक्दिन
सागर जस्तो विशाल माया क्षणभरमै सुक्दो रहेछ
सम्झनाको पाना भित्र तस्बिर सधैँ लुक्दो रहेछ
अक्सर याद गर्नेहरूकै …………………… ॥
दुनियाँबाट टाढा कतै भगाई लान्छु भन्थ्यौ तिमी
संसार छोडी जानु परे सँगै जान्छु भन्थ्यौ तिमी
तिल पहाड बनिदिँदा विश्वास पनि झुक्दो रहेछ
सम्झनाको पाना भित्र तस्बिर सधैँ लुक्दो रहेछ
अक्सर याद गर्नेहरूकै ……………………..॥