गुरु ब्रह्म सरी
भानु ढुङ्गाना
क्यानाडा
गुरु एक भए मन खुल्छ यहाँ
सम-दृष्टि दिने गुरु बन्नु जहाँ
सम-भाव सँगै दिनु ज्ञान कुरा
शुभ मार्ग सधैँ अनि लक्ष्य पुरा।
भनी यो न छ त्यो गुरु ब्रह्म हुने
नभ दृष्टि सरी फल लोक छुने
अनि हुन्छ यहाँ गुरु गौरव को
महिमा बढिया प्रति रक्षकको।
गुरु ज्ञान दिने हुनु स्वच्छ छवि
पृथिवी तलको लिनु ज्ञान कवि ।
तब मिल्छ बढो गुरु गौरव त्यो
नर चेतनले लिनु ज्ञान छ त्यो।
दिनु सुन्दर शीतल ज्ञान कुरा
तब हुन्छ सबै मन कान्ति पुरा
लय छन्द सरी हुनुपर्छ सफा
गुरु नै गुरु हुन् जन साथ सफा।
किन फुट्नु यहाँ अरू शक्ति उठे
दिन रात गरी दृढ भक्ति लुटे ।
कविता सजिलो र छ यो नबुझौँ
गुरु आग्रह हो दिल भित्र रुझौँ।।
तोटक छन्द